काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक तर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्यमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रिक्त पदमा क्रम संख्या अनुसार अगाडि रहेकी थापालाई सिफारिस गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई अर्को नाम सिफारिस गर्न भनेको थियो । कांग्रेसले थापाको नाम निर्वाचनमा आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।