पराजयपछि पोखरेलको प्रतिक्रिया : एमालेको अभियानमा मेरो संलग्नता अटुट रहन्छ
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष पदको प्रतिस्पर्धामा पराजित भए पनि पार्टी र यसको अभियानप्रति आफ्नो प्रतिबद्धता कायमै रहने बताएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग फराकिलो मतान्तरमा पराजित भएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त