देशभक्ति र विकास निर्माणका कामलाई पनि मजाक बनाइन्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गर्न खोज्दा पनि अवरोध सिर्जना गरिने अवस्था रहेको बताएका छन्। झापा–५ मा सोमबार आयोजित चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले एक कार्यकाल पूरा गर्न आफूले चार पटक प्रधानमन्त्री हुनुपरेको उल्लेख गरे।