झापा । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमकमा हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदैछन्।
झापा–५ मा उम्मेदवार भेटघाट अभियानमा व्यस्त रहेका ओलीले दिनभर दमक नगरपालिकाका प्रमुख चोकहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ।
निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार ओलीले बिहान ११ बजे दमक–५ स्थित यलम्बर चोकबाट मतदाता भेटघाट सुरु गर्नेछन्। त्यसपछि ११:५० बजे दमक–६ को शङ्खधर चोक, दिउँसो १ बजे दमक–७ को तविन चोक र २ बजे दमक–१ को हाबलदार चोकमा स्थानीयसँग छलफल गर्ने तालिका रहेको छ।
ओलीको सचिवालयका अनुसार सोमबार अपरान्ह ३ बजे दमक–२ स्थित दमक फन पार्कमा भेटघाट कार्यक्रमपछि ४ बजे दमक–३ को आमचोकमा पुगेर आजको सम्पूर्ण कार्यक्रम समापन गर्नेछन्।




















