चौतर्फी आलोचनापछि सरकारले हटायो आइतबारको सार्वजनिक बिदा
काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक बिदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको छ । अब असार १ देखि शनिबारमात्र सार्वजनिक बिदा हुने भएको छ ।