काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने भएको छ ।
फागुन २७ देखि २८ गतेसम्म बुटवलमा चलेको राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताविरूद्ध चैत १० गतेबाट अभियान चलाउने निर्णय गरेको बताइएको छ ।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा बैठकले संघर्षका आगामी कार्यक्रम तय गरेको जनाइएको छ। जसमा संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी रुपमा सभा, कोणसभा गरिने निर्णय भएको जनाइएको छ।
चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय गरेको छ।
२०८० वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू गर्ने निर्णय भएको अध्यक्ष केसीले उल्लेख गरेका छन् । आउँदो असोजमा एक महिना सदस्यता वितरण अभियान चलाउने बताइएको छ ।



















