काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन्। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेताको नियुक्ति गरेका हुन् ।
पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङ अघिल्लो प्रतिनिधिसभामा पनि एमाले संसदीय दलको उपनेता थिए ।
ओलीले आइतबार एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनयन गरेका थिए ।




















