काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गर्नुभयो ।
निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा जानुभएको छ । उहाँ बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उहाँ छोरीको निवास जानुभएको हो ।
निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए ।
उहाँ शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिइएको थियो । उहाँ २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक र दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित हुनुभएको थियो ।




















