चर्चाकै लागि आफूविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिएको एमाले अध्यक्ष ओलीको टिप्पणी
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न विपक्षी उम्मेद्वारहरूलाई सुझाव दिएका छन्। सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरू अरुजस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफूविरुद्ध