तनहुँमा भट्टराई, चितवनमा श्रेष्ठ उम्मेदवार चयन, मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
काठमाडौं । नेपाली कांग्रेसले तनहुँ–१ मा हुने उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्दीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्