काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता गर्नुभएको हो ।
भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।
उनले चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री दाहाललाई बुझाएका छन् ।


















