काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन ।
सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन् । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए ।
पार्टीभित्रको गुट–उपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बताएको छ ।