भारतीय विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि दिल्ली जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमै रहेका बेला हुन लागेको