राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित
काठमाडौं । राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल बुधबारबाट राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा हस्ताक्षर भएको हो