
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज जनता समाजवादी पार्टीबा उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त भएका हुन् ।
यादवसहित प्रचण्ड सरकारमा चारजना उपप्रधानमन्त्री भएका छन् । एमालेका रघुवीर महासेठ पहिलो वरीयतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमशस् दोस्रो र तेस्रो वरीयतामा छन् भने यादवलाई चौथो वरीयतामा छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।





















