काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताएका छन् ।
शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि बैठकमा बताउनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पु-याउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए ।
बैठकमा प्रधानमन्त्री दाहालले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरेको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।




















