काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
फागुन ३० गते विश्वासको मत लिने तयारीमा रहेका प्रचण्डले आज जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री, नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालय र दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको सपथ गराउने भएका छन् । तर समय भने निश्चित भइसकेको छैन ।
यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् ।




















