कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत हस्ताक्षर संकलन, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी भएको छ । मंगलबार हस्ताक्षर बुझाउन पार्टी कार्यालय सानेपामा जम्मा भएका नेता-कार्यकर्तालाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रोकेका थिए । उनीहरूले रोकेपछि