संसदमा जनआवाजलाई सशक्त रुपमा प्रस्तुत गर्न ओलीको निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क र अध्ययनका आधारमा सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न पार्टीका सङ्घीय सांसदहरूलाई निर्देशन दिएका छन् । एमालेको केन्द्रीय संसदीय विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना