काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३५ वर्षको हिसाब मागेर नबस्न कार्यकर्तालाई आग्रह गरेका छन्। ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुई दिने कार्यशालालाई सम्बोधन गर्दै उनले ३५ वर्षको योजना ल्याउन सांसद र नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।
उनले देशका संरचनाले आफ्नो काम गर्ने उनले बताए । लामिछानेले नेतृत्व चुनाव केन्द्रित, नेता चुनाव र मत केन्द्रित हुँदा त्यसको प्रभाव समाजमा पर्ने धारणा राखे । उनले आफूले हाँसि हाँसि किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको स्मरण गराउँदै आवश्यक पर्दा नेता कार्यकर्ताले पद त्याग गर्न तयार रहनुपर्ने बताए ।
लामिछानेले आफूलाई २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री बन्नका निम्ति प्रस्ताव आएको दोहोर्याए । अब हाम्रो नेतृत्वबाट नागरिकले के पाउँदैछन् ख्याल गर्नुपर्ने धारणा राखे । उनले लडिएछ भने फेरि दौडिएर अगाडि बढ्ने र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।




















