१५ क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । आइतबार त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई