सरकारको ६ महिनामा भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका क्षेत्रमा अपेक्षा अनुसार काम हुन सकेन : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारका गलत कदमको विरोध गर्ने र