काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ। बुधबारदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीस्वरूप पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकले मंसिर २ गतेदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्ने आचार्यले जानकारी दिए।
त्यस्तै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्माण गर्ने कार्यसूचीसमेत रहेको उनले बताए।




















