विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्न सकिन्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। मंगलबार केही पत्रकारहरूसँगको भेटघाटमा देउवाले आफूले यस विषयमा पार्टी नेताहरूलाई सुझाव दिँदै आएको भए पनि महाधिवेशन अगाडि नै