
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ज्येष्ठ सदस्य एनके प्रसाईँबाट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शपथ लिए पछि उनीहरुले नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यलाई सपथ गराएका हुन । काठमाडौंमा उपस्थित नभएकाहरूलाई भर्चुअल माध्यमबाट शपथ गराइएको थियो ।
उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।
जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरेका छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । नवगठित पार्टीको केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् ।
नेकपाले १ हजार शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र दिने व्यवस्था गरेको छ।




















