लोकतन्त्रका लागि काँग्रेसले जित्नुको विकल्प छैन: उपप्रम गच्छदार
इनरुवा, नेपाली काँग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताउनुभएको छ । बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्नुहुँदै गच्छदारले सो कुरा बताउनुभएको हो