भिडियो सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद दिनु भएको छ ।

करिब दुई मिनेट १३ सेकेण्ड लामो भिडियोमा उहाँले आफनो स्वास्थ्यमा उल्लेखनीय सुधार भएको बताउनुभएको छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइहनुभएका प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिस आकस्मीक रुपमा भएकाले त्यसको आकस्मिक रुपमा नै उपचार गराउनुपरेको बताउनुभएको छ । गत मंगलबार दिउँसो शल्यक्रिया गरिएपछि उहाँको स्वास्थ्यमा सुधार भएको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
 (हेर्नुहोस भिडियो)

https://youtu.be/QVF8XjZaM_8