धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले फिर्ता गर्न आनाकानी गरे यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर भएपनि नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।
पूर्वउपप्रधान मन्त्रीसमेत रहेका अध्यक्ष केसीले मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो नगरेको आरोप पनि लगाएका छन् ।
राष्ट्रिय जनमोर्चाले मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान’ अन्तर्गत मोटरसाइकल ¥यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरेको जनाएको छ ।