काठमाडौँ । ५२ पदका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म ४५ स्थानको नतिजा आइसकेको छ ।
अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ्ग, धरान उपमहानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं. ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ । कास्कीमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले जित्न निश्चित भइसकेको छ । अन्य स्थानमा पनि प्रायः नेकपाकै उम्मेदवारहरु अग्रस्थानमा छन् ।
कसले कहाँ जिते ?



























