काठमाडौँ । शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह गरी ५२ पदको उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ । अन्तिम परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३१ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १३ स्थानमा विजय हासिल गरेको छ ।
समाजवादी पार्टी नेपालले ४ स्थानमा विजय प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् । एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २५ वडाध्यक्ष पद जितेको हो भने काँग्रेसले एक प्रदेशसभा सदस्य र १२ वडाध्यक्षमा विजय हासिल गरेको छ ।
त्यस्तै समाजवादीका उम्मेदवार ४ र राजपाका उम्मेदवारले ३ वडाध्यक्ष जितेका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।