मन्त्रिपरिषद् बैठक : केके भयो निर्णय ?
काठमाडौँ । सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । यही फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशको ढाकामा हुने सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति