जनकपुरधाम । जनकपुरमा नेकपा (दाहाल–नेपाल समूह) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। यातायातका साधान तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको बताइएको छ ।
झडपमा नेकपाका नेताहरु मातृका यादव र रामचन्द्र झालगायत दर्जनबढी कार्यकर्ता र केही प्रहरी समेत घाइते भएको बताइएको छ । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको बताइएको छ ।
आन्दोलनकारीले प्रहरीको भ्यानमा समेत तोडफोट गरेपछि लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ।