काठमाडौं । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाको राष्ट्रिय युवा संघको ललितपुरमा बसेको बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो ।
संयोजक दीपशिखा दाहाल–नेपाल समूहमा लागेपछि सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको छ ।
किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कटवालले पनि नेतृत्वमा दाबी गरेपछि नयाँ नेतृत्व चयन हुन भने सकेको छैन । नेतृत्वमा सहमति नजुटे पदाधिकारी मोडेलमा जाने तयारी भएको बताइएको छ ।