राष्ट्रिय हितलाई सर्वोपरी राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उनले नेपालको भूराजनीतिक अवस्था र