काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक सकिएको छ । सर्वोच्च अदालतको फैसलापछि बाहिरिएका केही सांसद बैठकमा सहभागी भएकोले बैठक नविन खालको रहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिनुभयो ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले गरेका कुनै पनि निर्णयहरुमा ‘व्याक’ हुन नसक्ने बताउनुभयो ।
त्यस्तै संसदीय दलको विधानमा भएको परिवर्तन अहिलेलाई अनुमोदन भई सकेको हाललाई त्यसमा संशोधन नहुने बताउनुभयो ।
पार्टीमा गुटगत र समूहगत हिसाबले कुराकानी नहुने उहाँले बताउनुभयो । साथै अब संसदीय दलको बैठक नियमित बस्ने र सो बैठकमा विष्णु पौडेलले बजेटका बारेमा विचार दिन आग्रह गर्नुभयो । सहभागी गोकर्ण विष्ट, योगेश भट्टराई घनश्याम भुषाललगायतका नेताले ऐतिहासिक अवसर भएकाले सोहीअनुसार काम गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका नेताहरुलाई कारबाही गर्ने संकेत गर्नुभएको छ । बैठकमा दलका नेतासमेत रहेका ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको बताउँदै कारबाहीयोग्य रहेको बताउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।