काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकाम संसदीय दलको बैठक बहिस्कार गर्दै आएको बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु पनि सहभागी भए ।
आज कलंकीस्थित मेगा पार्टी प्यालेसमा बसेको खनाल–नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।
बैठकमा सहभागी हुने निर्णय भएपनि नेता नेपाल र भीम रावलले आफू बैठकमा सहभागी भएनन् ।
नेपाल पक्षका केही नेता एमालेमै रहने तर अध्यक्ष ओलीले डाक्ने वैठकमा सहभागी नहुने पक्षमा थियो । तर सो समूहका अधिकांस सांसदहरुले वैठकमा सहभागी हुनुपर्ने, असन्तुष्टि भए पनि पार्टीमै राख्नुपर्ने पक्षमा देखिएपनि नेपाल पक्ष वैठकमा सहभागी हुन वाध्य भएको हो । यसअघि सो समूहमा ४० जना सांसद थिए । तर यसबीचमा पाँच जना अध्यक्ष तथा प्रधानमन्त्रीका पक्षमा आइसकेका छन् । यो संख्या दिनप्रतिदि बढ्दै जाने देखिएपछि खनाल–नेपाल पक्ष वैठकमा सहभागी हुन वाध्य भएको एक नेताले बताएका छन् ।