विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री भएका छन् भने उषाकला राई सामाजिक विकासमन्त्री भएकी छिन् ।
त्यस्तै हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री भएका छन् ।
त्यस्तै उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् ।
केही दिनपछि थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।
साबिकको नेकपाको विवादमा प्रचण्ड–माधव समूह छाडेर अध्यक्ष केपी ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई मन्त्रिपरिषद्मा समेटिएको छ ।