प्रधानमन्त्रीद्वारा विप्लवलाई शान्तिपूर्ण बाटोमा आउन आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण मूलधारको बाटोमा आउन आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशस्तरीय पार्टीको कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विप्लव शान्तिपूर्ण मूलधारको बाटोमा आए जनताले जयजयकार गर्ने समेत बताउनुभयो ।