काठमाडौँ । आज बसेको मन्त्रिपरिषदको वैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ ।
वन क्षेत्रका विज्ञ पर्वतका डा. किरण पौडेललाई अध्यक्षमा नियुक्त हुनु भएको छ भने समितिका सदस्यहरुमा मानवशास्त्री भेषराज आचार्य ‘बरुण’, पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल र शशी शर्मालाई नियुक्त भएका छन् ।
चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो ।