काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर आज १६५ वटा सडकको एकैपटक शिलान्यास गर्नुभएको छ । संघीय निर्वाचनका १ सय ६५ वटै क्षेत्रमा एक/एक सडकका दरले सडक शुभारम्भ गर्नु भएको हो । सडक प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारबाट आज प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट १६५ वटा सडकको शिलान्यास गर्नुभएको हो । त्यक्ष निर्वाचित सांसदहरुले निश्चित क्राइटेरियाका आधारमा सिफारिस गरेका सडकहरु छनौट भएका हुन। सडक निर्माण कार्यक्रमका लागि सरकारले ५७ अर्ब १० करोड बजेट छुट्याएको छ ।