काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सम्पूर्ण संघीय निर्वाचन क्षेत्रमा एक/एक वटाका दरले प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्न लाग्नुभएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे सडक शिलान्यास गर्ने कार्यक्रम छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ । निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गरेका सडकहरु छनौटमा परेको बताइएको छ ।