काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले भ्रष्ट कम्युनिस्टहरुको गठबन्धन बनाएर सरकार बनाउन खोज्नु आत्मघाती कदम हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय गलत भएको उहाँको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अग्रसरता लिने कांग्रेसको निर्णयप्रति राप्रपा अध्यक्ष थापाले आज सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राख्नु भएको हो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो । कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टहरुसँग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो निर्णय आत्मघाती हुनेछ।’