भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब तीन गुणा बढाउनुपर्छ : सांसद बस्नेत
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि निजामती कर्मचारीलाई प्रोत्साहन आवश्यक भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्दै उनले बढ्दो महङ्गीलाई ध्यानमा राखेर कर्मचारीको तलब दोब्बर बनाउनुपर्ने बताए।