पाकिस्तानमा मनसुन संकट : दुई सातामा ४६० को मृत्यु
लाहोर । पाकिस्तानमा पछिल्लो दुई साताभित्रै मनसुनी वर्षासँगै आएको बाढीले कम्तीमा ४ सय ६० जनाको मृत्यु भएको छ । उत्तरी पाकिस्तानमा आइतबार आएको मनसुनी वर्षापछिको बाढीपहिरोका कारण एकै दिन कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । प्रान्तीय आपत्कालीन