धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
जनकपुरधाम । धनुषाको लालगढ क्षेत्रबाट एक सशस्त्र प्रहरी निरीक्षक घुस लिएको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयको टोलीले आज बिहान उनलाई ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।