काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा लामो समयदेखि कार्यरत डा. अमात्य यसअघि केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।
स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका डा. अमात्यको नियुक्तिसँगै केन्द्रको सेवा र व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।




















