कृष्णभीरको अवरोधले काठमाडौं यात्रा कष्टकर
लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा प्रभावित भएको छ । नियमित मार्ग अवरुद्ध हुँदा बेसीसहरबाट काठमाडौं जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन् । यसअघि करिब ५ देखि ६ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म