उपनिर्वाचनका लागि कर्णालीमा ४२ हजार मतदाता
सुर्खेत । मंसिर १६ गते हुने उपनिर्वाचनमा कर्णालीका आठ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिँदै छन्। निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिक विवरणअनुसार, उपनिर्वाचन हुन लागेका कर्णालीका ६ जिल्लाका आठ पदमा हुने निर्वाचनमा ४२ हजार २७७ मतदाताले मतदान गर्ने छन्।