उद्योग नै बन्द गरी विद्युत् वितरण केन्द्र भैरहवा अगाडि कर्मचारी र संचालककाे विराेध प्रदर्शन
भैरहवा । विद्युत् काटिएका उद्योगहरुको लाइन निशर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरु संयुक्त रुपमा आ–आफ्नो उद्योग बन्द गरी विरोध सुरु गरेको जनाएका छन्