अछाम आगलागीमा परी २७ घर जले, ७ करोडको क्षति
काठमाण्डौ । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ