करार कर्मचारीको सेवाको सुनिश्चितता गर्न माग गर्दै आज पनि सिंहदरबारमा धर्ना
काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै करार कर्मचारीहरूले दोस्रो दिन पनि सिंहदरबारमा धर्ना दिएका छन्। १८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारीहरूले बुधबार पनि काम छाडेर सिंहदरबार परिसरमा विरोध प्रदर्शन गरेका