राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी ‘डिस्चार्ज’ हुनुभएको छ । उहाँ गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो। अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति